काठमाडौं–आर्थिक चलखेलमा बालिका बलात्कारको घटनालाई मिलापत्र गराई गुपचुप गरिएको घट्ना सार्वजनिक भए पछि विचौलियको भूमिकामा रहेका तरुण दलका सभापति, उपसभापतिलगायतका व्यक्तिहरु विरुद्ध सार्वजनिक अपराधको मुद्धा दर्ता भएको छ ।


ADVERTISEMENT


घटनाका मुख्य अभियुक्तद्धय धरानका जग लिम्बू र विराटनगरका मनिष भनिने जीवन श्रेष्ठ पक्राउ परेपछि मिलापत्र गराउन मुख्य भुमिका खेल्ने विचौलियाहरु सभापति सिजन गुरुङ, उपसभापति सन्तोष बिक र इटहरी वडा नं २० का वडाअध्यक्ष मणिराम श्रेष्ठले मुख्य भुमिका खेलेको बयान दिएपछि उनीहरु विरुद्ध मुद्धा दर्ता भएको हो ।


ADVERTISEMENT

# # #


गुरुङ र विक राजनीतिको आवरणमा गुण्डागर्दी र ठेक्कापट्टाबाट अकुत सम्पत्ति कमाएको दुवैको पृष्ठभुमि ब्यक्ति रहेको बताइन्छ । यो घटनामा वडा अध्यक्ष श्रेष्ठको पनि संलग्नता रहेको खुलेको छ । मिलापत्रको कागजमा अध्यक्ष श्रेष्ठले समेत हस्तक्षर गरेका छन् । उनी नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निवार्चित भएका छन् ।

विचौलियाहरुलाई खोजी गरिरहे पनि उनीहरु प्रहरीको नजरमा भने फरार रहेका छन् । विचौलियाहरुलाई जर्बजस्ती करणीमा मुद्दा चलाउन नमिल्ने भएपनि जघन्य अपराधलाई ढाकछोप गर्न भुमिका खेलेको भन्दै प्रहरीले उनीहरुलाई पनि सार्वजनिक मुद्धा दर्ता गरेको इलाका प्रहरी कार्यलयका डिएसपी सञ्जय राउतले जानकारी दिए ।

लिम्बू र श्रेष्ठले गत पुष १६ गते इटहरीको रोयल रिसोर्टमा १४ बर्षिया एक बालिकालाई जर्बजस्ती करणी गरेका थिए । प्रहरीभित्रैबाट सो घटनाबारे प्रहरी नेतृत्वसमक्ष पुगेपछि प्रदेश प्रहरी कार्यालयले धरानस्थित संघीय प्रहरी इर्काइ प्रमुख हरि पालको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरेको थियो ।

घटना ढाकछोप गर्न सुनसरीका एसपी विद्यानन्द माझी र इटहरीका इस्पेक्टर चिरञ्जिवि दाहाल संलग्न देखिए पनि उनीहरु निलम्बनमा परेका छन् । इप्रका इटहरीको डिएसपी संजय राउतका अनुसार घट्ना मिलापत्र गराउन १८ लाख रुपैया जम्मा भएको पाईएको छ ।

मितेरी डेब्लपमेन्ट बैक र एनएमबी बैकमा गत पुस २४ गते नै रकम जम्मा भएको देखिएको हो । बालिकाकी आमाको नाममा रहेको खातामा रकम जम्मा भएको छ । बलात्कार घट्नामा विराटनगरका मनिष श्रेष्ठ र धरानका जोकम लिम्वुले घट्ना मिलाउन २५ लाख रुपैया दिएको प्रहरी समक्ष बयान दिएका थिए ।

घट्नामा मुछिएका मिलापत्रमा हस्ताक्षर गर्ने वडा अध्यक्ष मणिराम श्रेष्ठ, तरुण दलका सुनसरी सभापति गुरुङ र उपसभापति विकलगायत अन्य २ जनालाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । घटनामा संलग्न भनिएका सामान्य व्यक्ति मदन राई, केवल खत्री र शंकर बस्नेतलाई मात्र प्रहरीले पक्राउ गरेर कारवाही चलाएको छ ।