काठमाडौं–सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले आजदेखि सिटामोलको व्यवसायिक उत्पादन सुरु गरेको छ । २०६७ सालदेखि बन्द रहेको उद्योगले गत वर्षदेखि जिवनजल उत्पादन गर्दै फेरि आएको थियो । गत असोजमै पारासिटामोल आषधि सिटामोलको उत्पादन सुरु गर्ने लक्ष्य लिएपनि मेसिन आउन ढिला हँदा केही समय लम्बिएको औषधि लिमिटेडका महाप्रबन्धक डा रोभस कुसुम सुवेदीले जानकारी दिए ।


ADVERTISEMENT


वर्षमा ८ करोड युनिट सिटामोल उत्पादन क्षमता भएको उद्योगले आजबाट व्यवसायिक रुपमै उत्पादन सुरु गरेको छ । एउटा ब्याचमा ३ लाख २० हजार युनिट ट्याबलेट उत्पादन गरिने भएपनि पहिलो परीक्षण चरणको रुपमा ८० हजारमात्र उत्पादन गरिएको सुवेदीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


‘आजबाट सिटामोलको व्यवसायिक उत्पादन सुरु भएको छ’ उनले भने,‘तर हामी १० लाख युनिट ट्याबलेट उत्पादन नहुँदै बजारमा भने पठाउँदैनौं ।’ सबैको माग पुरा गर्न एउटै ब्याचबाट सम्भाव नहुने भएकोले १० ला युनिट ट्याब पुगेपछिमात्र बजारमा पठाइने उनको भनाइ छ ।

२०७३ साल असोजमा सरकारले उद्योग संचालनका लागि भन्दै १४ करोड ६५ लाख रुपैयाँ ऋण दिने निर्णय गरेको थियो । नविन्द्रराज जोशी उद्योग मन्त्री हुँदा औषधि लिमिटेड संचालनको लागि ऋण दिएर खुल्ला प्रतिस्पर्धाबाट महाप्रबन्ध छनौट गरेका थिए ।

खुल्ला प्रतिस्पर्धाबाट छानिएका औषधि लिमिटेडका महाप्रबन्धक डा रोभस कुसुम सुवेदीले २ चारवर्षभित्र ४८ प्रकारका औषधि उत्पादन गर्ने प्रतिबद्धता जनाएका थिए । लिमिटेडले बालबालिकालाई लक्षित गरी सुन्तलाको स्वादमा जीवनजल उत्पादन गरिरहेको छ ।

उद्योगले विश्वस्तरीय जिएमपी मापदण्डअनुसार गुणस्तरीय औषधि उत्पादन गर्न नयाँ प्रविधिअनुरुप २७ भन्दा बढी प्रकारका आधुनिक प्रविधिले युक्त गुणस्तर जाँच गर्ने उपकरण जडान गरिसकेको छ । लिमिटेटबाट उत्पादन भएको एउटा ट्याबलेटको एक रुपैयाँ बजार मूल्य पर्ने बताइएको छ।

नेपालमा आधुनिक औषधि उत्पादन सरकारबाटै गर्ने उद्देश्यका साथ कम्पनी ऐन, २०२१ अन्तर्गत नेपाल औषधि लिमिटेडको स्थापना २०२९ सालमा भएको थियो । बन्द हुनुपूर्व लिमिटेडले १२० प्रकारका औषधि उत्पादन गर्दै आएको थियो ।