काठमाडौं–आर्सनलमाथि सहज जित निकाल्दै म्यान्चेस्टर सिटीले काराबाओ कपमाथि कब्जा जमाएको छ । सिटीको नेतृत्व सम्हालेयता प्रशिक्षक पेप ग्वार्डिओलाको यो पहिलो उपाधि हो ।


ADVERTISEMENT


एफए कपको पाँचौ चरणमा लिग वान टोली विगनसँग स्तब्ध बनेको सिटीले वेम्बलेमा भएको फाइनलमा आर्सनललाई ३–० गोलअन्तरले पराजित गर्यो ।


ADVERTISEMENT

# # #


सर्जियो अगुएरोले खेलको १८ औ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए ।

खेलको दोस्रो हाफमा इल्काय गुन्डोगानको पासमा भिन्सेन्ट कोम्पानीले सिटीको अग्रता दोब्बर भए भने लगत्तै डेभिड सिल्भाले सिटीका लागि तेस्रो गोल गरे । कुनै पनि कप प्रतियोगिताको फाइनलमा आर्सनलले बेहोरेको सबैभन्दा ठूलो अन्तरले पराजय हो भने सिटीका लागि सबैभन्दा ठूलो अन्तरको जीत ।

आर्सनलले पछिल्ला तीन लिगको फाइनलमा हार बेहोरेको छ भने पछिल्ला ८ मध्ये ६ मा पराजय भोग्नुपरेको छ । सिटीले लिग कपको उपाधि जितेको यो पाँचौ पटक हो । लिभरपुलले मात्र सिटीभन्दा बढी आठ पटक यो उपाधि हात पारेको छ ।

अब दुवै टोली बिहिबार प्रिमियर लिगमा आर्सनलको घरेलु मैदानमा भेट्ने छ भने सिटीले आइतबार चेल्सीको आतिथ्य गर्नेछ ।