काठमाडौं–प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दोश्रो चरणमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।


ADVERTISEMENT


मन्त्रिपरिषद् विस्तारको तयारीका लागि एमाले–माओवादी दुवैले आइतबार आ–आफ्ना पार्टी नेतासँग सामूहिक, एक्लाएक्लै छलफलसमेत गरी आन्तरिक तयारी गरेका थिए । प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष दाहालसँग आइतबार साँझ प्रधानमन्त्री निवासमा झन्डै एक घण्टा एक्लै भेट गरी सरकार विस्तारका विषयमा छलफल गरेका थिए।


ADVERTISEMENT

# # #


‘प्रधानमन्त्रीले अब सरकार विस्तार गर्नुहुन्छ’, एमाले महासचिव ईश्वर पोखरेलले भने, ‘सरकार विस्तारकै लागि उहाँले माओवादी अध्यक्षसँग छलफल गर्नुभएको छ । तीनै तहका निर्वाचनमा नराम्रोसँग पराजित कांग्रेस किंकर्तव्यमुढ अवस्थामा पुगेको धारणा विश्लेषकहरूले राखेका छन्। उनीहरूले तत्कालका लागि कांग्रेसले राजनीतिक निकास दिन सक्ने अवस्था पनि नरहेको तर्क गर्दै भनेका छन्, ‘कांग्रेसले भन्दै आएको राष्ट्रियता, समाजवाद र प्रजातन्त्र पनि संग्रहालयमा पुगेको छ।’

कांग्रेस अहिले ठेकेदार, डन, भ्रष्टाचारी र नातेदारको केन्द्रबिन्दु बनेकोतर्फ इंगित गर्दै उनीहरूको सुझाव छ, ‘जनताको कांग्रेस नभएसम्म उसलाई पत्याउने आधारसम्म छैन।–आजको अन्नपुर्ण पोष्टबाट