काठमाडौं–जनप्रतिनिधिलाई खुसी पार्न एउटा एनजीओ ले ५ घण्टे कार्यक्रममा ४ हजार ६ सय नगद र १ हजार बराबरको खाजना खाना उपलब्ध गराएको छ ।


ADVERTISEMENT


खाना र खानका लागि १ हजार रुपियाँ खर्च गरेको उक्त एनजीओले आवास र यातायातबापत ५ घण्टाको ४ हजार ६ सय रुपियाँ रकम उपलब्ध गराएको हो । सबै जनप्रतिनिधि सदरमुकाम आसपासमै उपलब्ध थिए ।


ADVERTISEMENT

# # #


सामुदायिक मेलमिलापकर्ता समाज नोपलले आयोजना गरेको सामुदायिक मेलमिलापसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिलाई उक्त रकम उपलब्ध गराईएको सामुदायिक मेलमिलापकर्ता समाज नेपालका अध्यक्ष शोभा बस्नेतले जानकारी दिए ।–आजको नेपाल समाचारपत्रबाट