चितवन– जलमा आश्रित चराको गणना चितवनमा शुरू भएको छ ।


ADVERTISEMENT


प्रत्येक वर्षको जनवरी ४ देखि शुरू हुने चरा गणना यस पटक भने जनवरी ६ देखि शुरू भएको हो ।


ADVERTISEMENT

# # #


यो समयमा बाहिरबाट जलपक्षीहरू आउने र जाडो सकिएपछि फर्कने गर्दछन् । जलपक्षी गणना चितवनको पटिहानी २२ घडगाई देखि गोलाघाटसम्म र माडीको बगई पुल देखि रिउ दोभान सम्म ३६ किलोमिटर सम्म गरिने पश्चिम चितवन क्षेत्र चरा गणनाका सयोजक मनेश कुमार लिम्बुले बताए ।

त्यस्तै जल आश्रित चरा गणना चितवनको नारायणी नदी राप्ती नदी र सिमसार क्षेत्रमा गर्ने गरिएको उनले जनकारी दिए । राप्ती नारायणी नदीको दिब्यनगर र माडी क्षेत्रमा चरा गणनाका लागि ५३ जना गणकहरु खटिएको लिम्बुले जनाए ।

पानी चरा उत्तरी क्षेत्र साईबेरीया, रसिया, तिव्वत, मंगोलिया लगाएतको देशहरू बाट आउने गरेका छन् । गतवर्षको गणनामा ४७ प्रजातीको पानी चरा भेटिएका थिए । चरा गणना जनवरी १९ सम्म चल्ने बताइएको छ ।