काठमाडौं–पुर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रौतहटको गुजरा नगरपालिका जङलसहिया धन्सार सडकको उद्घाटन गरेका छन् ।


ADVERTISEMENT


आइतबार धन्सार चोकमा आयोजित एक कार्यक्रमा अध्यक्ष प्रचण्डले उक्त बाटोको उद्घाटन गरेका हुन् ।
पुर्व मन्त्री प्रभु साहको पहलमा स्थानीयले जनश्रमदानबाट उक्त ११ किलोमिटर सडक निर्माण गरेका हुन् । सडक निर्माणभएसँगै सो क्षेत्रका ४ वटा नगरपालिकाका जनतालाई निजगढ र पथलैया जान सहज भएको छ ।


ADVERTISEMENT

# # #


प्रचण्डलाई ५५ किलोको माला
यसैवीच सडक उद्घाटन गर्न पुगेका पुर्व प्रधानमन्त्री दाहाललाई ५५ किलोको माला लगाएर स्वागत गरिएको छ । गुजरा नगरपालिकाका माओवादीका मेयरका प्रत्यासी पलट चौधरीले प्रचण्डलाई ५५ किलोको माला लगाएर स्वागत गरेका हुन् । प्रचण्डले केहीबेरमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।