काठमाडौं–नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले २५ बर्षदेखि पार्टी नेतृत्वले गर्दै आएका अभ्यासका कारण काँग्रेसले पराजय व्यहोर्नु परेको बताएका छन् ।


ADVERTISEMENT


प्रेस युनियनले शनिबार काठमाण्डौमा गरेको कार्यक्रममा प्रवक्ता शर्माले तात्कालिक नभई मुलतः २५ बर्ष यताका पार्टी भित्रका अभ्यासहरु नै पराजयको कारण बनेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले लामो समयदेखि पार्टी भित्र मौलाउँदै आएको गुट उपगुटको उपज पनि पराजय भएको उल्लेख गरे । कुनै नेतृत्वलाई सम्मान गर्दै गर्दा अर्को नेतृत्वलाई अपमान, कसैको कुरा सुन्दा अर्को समुह अन्यायमा पर्ने जस्ता कयौँ आन्तरिक समस्याका कारण पार्टी सांगठनिक रुपमा कमजोर भएको उनको तर्क थियो ।

उनले समावेशी लगायत कतिपय विषयलाई तात्कालिक नेतृत्वले समय अनुकुल आत्मसाथ र अभ्यास नगरेका कारण पनि पार्टी आन्तरिक रुपमा कमजोर बनेको बताए । नेपाली काँग्रेसले तीनै तहको निर्वाचन पछि पार्टीले भोग्नुपरेको पराजयको कारण बारे अहिले सम्म आन्तरिक रुपमा समेत छलफल गरेको छैन ।