काठमाडौं–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्सि सोमवारसम्म सरकारले पूर्णता पाउने दाबी गरेका छन् ।


ADVERTISEMENT


शनिबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले आइतवार बेलुकासम्म सवै मन्त्रीको टुंगो लाग्ने बताए । उनले भने, ‘भोलि वेलुकासम्म सवै मन्त्रीको टुंगो लाग्छ, पर्सि ३ बजे सपथका लागी राष्ट्रपति समक्ष अनुरोध गर्ने प्रधानमन्त्रीसँग कुरा भएको छ ।’


ADVERTISEMENT

# # #


नयाँ र पुराना दुवै मिलाएर कार्यदक्षता र अनुभवका आधारमा मन्त्री चयन गरिने उनले जानकारी दिए ।

पार्टी एकता कार्यदललाई १५ दिनको समय दिइएको भन्दै उनले समयमा नै काम सकेर औपचारिक एकता घोषणा गरिने बताए । वाम दुई ठूला दल मिलेपछि अवस्था संवेदनशील बनेको भन्दै उनले सवै सर्तक रहनुपर्ने टिप्पणी गरे । कस्तो सम्वेदनशिलता हो भन्ने केही खुलाएनन् ।