काठमाडौं–पेट्रोलियम पदार्थको ढुवानी गर्दा ट्यांकर चालकले बाटोमै मिसावट गर्ने गरेको पाइएको छ । इन्धन बोकेर आएको ट्यांकरको गुणस्तर परीक्षण गर्दा समस्या देखिएको नेपाल आयल निगमले जानकारी दिएको छ ।


ADVERTISEMENT


इन्धनको गुणस्तरमा कैफियत भेटिएपछि निगमले दुईवटा ट्यांकरलाई कारबाही गरेको छ । इन्डियन आयल कर्पोरेसन(आईओसी)का विभिन्न डिपोबाट ल्याएको तेलको गुणस्तर मापन गर्दा कम गुणस्तर भेटिएपछि इन्धन बोक्ने ट्यांकर कारबाहीमा परेका हुन् ।


ADVERTISEMENT

# # #


हाल ती दुईवटा ट्यांकरलाई निलम्बनमा राखी इन्धन बोक्न रोक लगाइएको निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

शिवप्रसाद घिमिरे सञ्चालक रहेको एउटा र ललित मुनियाको एउटा ट्यांकरमा ल्याइएको इन्धनको गुणस्तर परीक्षण गर्दा कैफियत फेला परेपछि कारबाही गरिएको हो ।- आजको कारोबारबाट