काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद्ले संसदमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिको राजीनामा राजीनामा माग गरेका छन्। एमाले सांसद रेवतीरमण भण्डारीले संसदको सोमबारको बैठकको बिशेष समय लिएर बोल्दै गृहमन्त्री निधिको राजीनामा माग गरेका हुन्।
‘पदमा बसिरहने मन्त्रिपरिषदमा सहभागी नहुने गृहमन्त्रीको नालायकीपन हो,’ सांसद भण्डारीले भने ,‘संसदीय प्रणालीमा प्रधानमन्त्रीसँग असहमत हुने वित्तिकै कुनै पनि मन्त्रीले एक मिनेट पनि बस्न मिल्दैन।’


ADVERTISEMENT


उनले यस्तो नालायकी सरकार संसारमा कतै नभएको आरोप पनि लगाए।  उपप्रधानमन्त्रीको वरियता विवादका कारण एक महिनादेखि मन्त्रिपरिषदको बैठक बस्न सकेको छैन भने गृहमन्त्री निधिले मन्त्रिपरिषद बैठकमा सहभागी नहुने बताउँदै आएका छन् ।


ADVERTISEMENT

# # #


राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका अर्का साँसद चित्रबहादुर केसीले मर्यादाक्रममा गडवडी गरेर सरकारले जाइजात्रा देखाएको आरोप लगाए । ‘प्रचण्डले हुँदाखाँदाको सरकार ढालेर वरियता विवाद निकालेर अहिले जनता हसाउने काम गरेका छन’केसीले भने ।साँसद सत्यनारायण मण्डलले फोरमका नेता तथा कार्यकर्ताले गुण्डागदी गरेको आरोप लगाउँदै शान्ति सुरक्षा दिन सरकारसँग माग गरे।

सप्तरीमा फोरमका दिनेश यादव नेतृत्वको समूहले आफनी ६० बर्षकी श्रीमती र बुहारीलाई लछार पछार गरेको आरोप लगाउँदै मण्डलले प्रश्न गरे ‘सरकार संरक्षित तथा कथित मधेशी मोर्चाले गुण्डागर्दी गरेका छन । हामी घरमा बस्न नपाउने हो रु हाम्रो मानवअधिकारको रक्षा कसले गर्ने रु’