काठमाडौं-युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब सेभिया र इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडले बराबरी खेलेको छ । बुधबार राति भएको पहिलो लेगमा सेभिया र युनाइटेडले गोलरहित बराबरी खेलेका हुन् ।


ADVERTISEMENT


सेभियाको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले पाएको मौकामा गोल गर्न सकेनन् । बल पोजिसनमा पकड जमाएको घरेलु टोली सेभियाले पाएको मौकामा गोल गर्न नसक्दा जित निकाल्न सकेनन् । सेभियाको केहि उत्कृष्ट प्रहार युनाइटेडका गोलरक्षक डेभिड डी गियाले बचाएका थिए ।


ADVERTISEMENT

# # #


म्यानचेस्टर युनाइटेडलाई हारबाट जोगाउन गोलरक्षक डेविड डी हेयाको महत्वपूर्ण भूमिका रह्यो । उनले पहिलो हाफमा सेभिल्लाका तीनवटा सुन्दर प्रहार रोकेका थिए ।

उनले सेभिल्लाका जोएक्विन कोरिया, स्टीभन एन’जोन्जी र लुइस मारिएलको प्रहारको सुन्दर बचाउ गरेका हुन् । पछिल्लो चार वर्षमा पहिलो पटक च्याम्पियन्स लिगमा नकआउट चरणमा प्रतिस्पर्धा गरिरहेको म्यानचेस्टर युनाइटेडका लागि रामेलु लुकाकुले गोल गर्ने राम्रो अवसर सिर्जना गरेका थिए । तर त्यसमा उनी सफल हुन सकेनन् ।

यस्तै मार्कस राशफोर्डको प्रहार पनि गोलमा परिणत हुन सकेन । सुरुमा बेन्चमा रहेका पउल पोग्बाले अन्तिमको १७ मिनेट मात्रै खेले । घरेलु टोली सेभिल्लाले गोलका लागि २५ पटक प्रयास गरेको थियो ।

यो बराबरीसँगै दुवै टोलीको क्वाटरफाइनलमा पुग्ने सम्भावना उतिकै रहेको छ । दुई टोलीबीचको दोस्रो लेग आगामी मार्च १३ मा युनाइटेडको घरेलु मैदानमा हुने छ । दोस्रो लेगमा युनाइटेडलाई घरेलु दर्शकको साथ रहनेछ ।