काठमाडौँ । ६८ औँ प्रजातन्त्र दिवसका अवसरमा नेपाल विद्यार्थी संगठनले दीप प्रज्वलन गरेको छ ।


ADVERTISEMENT


सो अवसरमा नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्मा, नेविसंघ अध्यक्ष नैनसिँह महर लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।


ADVERTISEMENT

# # #


दीप प्रज्वलन गर्दै शर्माले आधुनिक समयमा अब आधुनिक कांग्रेस बन्नुपर्ने बताएका छन् ।

यस्तै, अध्यक्ष महरले हरेक कालखण्डमा नेपाली कांग्रेसको भूमिका नेतृत्वदायी रहेको बताउँदै आगामी दिनमा समेत कांग्रेस जनताकै मनको पार्टीका रुपमा रहिरहने बताएका छन् ।

प्रजातन्त्रका र लोकतन्त्र बँचाउने पार्टी नेपाली काँग्रेस नै रहेको दुबै नेताले बताएका छन् ।

राजधानीको माइतीघर मण्डलामा आज साँझ  दीप प्रज्वलन गर्दै नेविसंघले प्रजातन्त्र दिवश मनाएको हो ।