काठमाडौँ– ‘दिगो विकासका लागि सहभागितामूलक युवा नेतृत्व’ भन्ने नाराका साथ दोस्रो अन्तराष्ट्रिय युवा सम्मेलन सम्पन्न भएको छ ।


ADVERTISEMENT


राष्ट्रिय युवा परिषद् लगायतको आयोजनामा पोखरामा भएको उक्त सम्मेलनमा नेपाल, भारत, अमेरिका, ओमन, सुडान लगायत २० राष्ट्रयको सहभागिता रहेको थियो । देश विकासका लागि युवाहरुले नेतृत्व लिनुपर्छ र विकास र समृद्धिका लागि सबै छिमेकी देशका युवाहरु एक भएर हातेमालो गर्नु पर्छ भन्ने उद्देश्यका साथ आयोजना गरिएको अनेरास्ववियु सचिवालय सदस्य गोविन्द गिरीले हिमालयपोष्टलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


भव्यताका साथ सम्पन्न भएको उक्त सम्मेलनमा राष्ट्रिय युवा परिषद्का कार्यकारी अध्यक्ष माधव ढुंगेल, विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र, दिपक प्रकाश भट्ट लगायतले आफ्नो धारणा राखेको सचिवालय सदस्य गिरीले बताए ।

सम्मेलनको उद्घाटन आयोजक कमिटीका अध्यक्ष सुवास मल्लले गरेका थिए । यसको प्रथम सम्मेलन बंगलादेशको ढाकामा गरिएको थियो ।