काठमाडौं– प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुलाई ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । कम्पनीका जीएसएम र सीडीएमए मोबाइलका ग्राहकहरुले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेड रुपमा गर्नसक्ने छन् ।


ADVERTISEMENT


जीएसएम तथा सीडीएमएका ग्राहकले सो प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्ने छन् । सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिनेछ ।


ADVERTISEMENT

# # #


सो प्याक फागुन ६ गतेदेखि आगामी ८ गतेसम्म खरिद गर्न सकिने छ । एक पटक खरिद गरेको प्याक चलाउने अवधि सकिए पछि अर्को पटक फेरि प्याक खरिद गर्न सकिने छ । तर एक पटकमा एउटा प्याक मात्र खरिद गर्न सकिने छ ।