काठमाडौं-पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा र भावी रणनीति तय गर्न माओवादी केन्द्रको संसदीय दलको बैठक अहिले केहीबेरमा बस्दैछ ।


ADVERTISEMENT


सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यलयमा बस्ने बैठकमा समसामायिक राजनीति र संसदीय दलको नेता चयन प्रक्रियाबारे छलफल हुने नेता अग्नि सापकोटाले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


एमालेसँगको एकता प्रक्रियामा भइरहेको विलम्वबारे पनि आजको बैठकमा छलफल हुने नेता सापकोटाले बताए ।

नेताहरुको पदीय व्यवस्थापन र एकीकृत पार्टीको विचार सिद्धान्तमा कुरा नमिलेपछि माओवादी केन्द्रले आज पार्टीगत धारणा तय गर्न लगेको नेताहरुले बताएका छन् ।