काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको बागडोर सम्हालेको दुई दिन बितिसक्दा पनि अल्छी कर्मचारीले केही मन्त्रालयको वेबसाइटमा पुरानै मन्त्रीको फोटो र नाम राखेर मन्त्रालयको वेबसाइटको धज्जी उडाइरहेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले सपथ ग्रहण गरेलगत्तै केही मन्त्रालयले आफ्नो विभागीय मन्त्रीको नाममा प्रधानमन्त्री ओलीको नाम र फोटो अपलोड गर्न भ्याइसकेका छन् ।


ADVERTISEMENT

# # #


तर, १० वटा मन्त्रालयको वेबसाइटमा पुरानै मन्त्री र राज्यमन्त्रीको नाम राखिएका छन् । शुक्रबार दिउँसो सबै मन्त्रालयको वेबसाइट हेर्ने क्रममा प्रधानमन्त्री कार्यालयसहित ३१ मन्त्रालयमध्ये १० वटाले पुरानै मन्त्रीको नाम राखिराखेका छन् ।

शिक्षा मन्त्रालयको वेबसाइटमा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र राज्यमन्त्री शेषनाथ अधिकारीको नाम राखिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको वेबसाइटको अविगत त्यस्तै छ ।

सो मन्त्रलयको वेबसाइटमा उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार र राज्यमन्त्री जनकराज चौधरीको नाम राखिएको छ । आजको नेपाल समाचारपत्रबाट