काठमाडौं-प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बाँकी विषय टुंगो लगाउन शनिबार(आज) छलफल गर्दै छन् ।


ADVERTISEMENT


दुई नेताबीचको छलफलबाट एकताको बाँकी विषयमा मोटामोटी समझदारी जुट्ने र त्यसपछि पार्टी एकता संयोजन समिति बैठकबाट निर्णय गर्ने तयारी छ ।


ADVERTISEMENT

# # #


एकताका विषयमा दुई पार्टीबीच ९५ प्रतिशत टुंगो लागिसकेको बताइए पनि सैद्धान्तिक–वैचारिक विषय र संगठनात्मक स्वरूपमा सहमति हुन बाँकी छ । यी दुवै विषयमा समझदारीसँगै एकता टुंगिएपछि सरकारमा सामेल हुने माओवादीले अडान राखेको छ ।

‘केही वैचारिक र राजनीतिक विषयमा छलफल आवश्यक देखिएकाले दुवै अध्यक्षले शनिबार थप छलफल गरेपछि एकता संयोजनको बैठक बस्नेछ,’ माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘बिहीबार प्रधानमन्त्री नियुक्ति र शपथग्रहण, शुक्रबार छुट्टी पनि भएकाले दुवै पक्षबीच अनौपचारिक र औपचारिक छलफल हुन सकेको छैन, एक–दुई दिनभित्र सबै विषय टुंगिएपछि मात्र सरकारको सहभागितामा पनि निर्णय हुन्छ ।’- नयाँ पत्रिकाबाट