काठमाडौं-प्रदेश नं. ६ मा मुख्यमन्त्रीको सपथ शुक्रबार तीन बजेका लागि तय भएको छ । प्रदेश प्रमुखले बिहिबार मूख्यमन्त्रीमा माओवादी केन्द्रका प्रदेश नंबर ६ का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई नियुक्त गरेपछि शुक्रबार दिँउसो ३ बजेका लागि सपथको कार्यक्रम तय गरिएको हो ।


ADVERTISEMENT


मुख्यमन्त्रीको सपथ लगतै सानो आकारको मन्त्रीमण्डल बनाँउने तयारी भएपनि एमालेसँग बिहान भएको बार्ता सफल हुन सकेन । सहमति जुटाउन माओवादी नेता शक्ति बस्नेत सुर्खेत आएपछि छलफल हुने माओवादी सांसद नरेश भण्डारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


मन्त्रीको अझै टुङ्गो लागेन
मुख्यमन्त्रीको सपथ ग्रहणका लागि केही घण्टा समय बाँकी रहँदा मन्त्री बन्नेको टुङ्गो लागिसकेको छैन । यसअघि एमालेबाट प्रकाश ज्वालाको नेतृत्वमा मन्त्री बन्ने चर्चा भएको थियो ।

उता, माओवादीको भागमा परेको २ मन्त्रालयमा १ जना महिला र एक जना पुरुष सांसद मन्त्री हुने भएका छन् । माओवादीका सबै सांसद मन्त्रीका दावेदार रहेको माओवादी रुकुमकी सांसद बिमला केसीले बताइन् । ‘म पनि मन्त्रीको दावेदार हुँ’ उनले बताईन् । माओवादी केन्द्रका १३ सांसदमध्ये ४ जना महिला छन् । कृष्णा शाह जाजरकोट, बिमला केसी र पुष्पा घर्ती रुकुम तथा सीता नेपाली सुर्खेतबाट निर्वाचित भएका हुन् । केसी र नेपाली दुबै यसअघि प्रतिनिधि सभाका सदस्य भैसकेका थिए । घर्तीले उपसभामुख ताकेकी छिन् भने नेपाली र केसी मन्त्री बन्न शक्तिकेन्द्र धाइरहेका छन् ।

पुरुष सांसदहरुमध्ये अधिकांशले मन्त्री बन्न खोजेका छन् । मुख्यमन्त्रीका दावेदार रहेका जुम्लाका सांसद नरेश भण्डारीले पनि मन्त्री ताकेका छन् । मन्त्रीका आंकाक्षी धेरै भएपनि सहमति निकाल्न माओवादीलाई मुस्किल परेको छ । यता एमालेबाट प्रकाश ज्वालाको नेतृत्वमा मन्त्रीहरु पठाँउने बारेमा छलफल भएपनि अन्य मन्त्री कसलाई बनाँउने भन्नेमा निर्णय हुन सकेको छैन ।

एमाले सांसद सुशील थापाका अनुसार प्रकाश ज्वाला संसदीय दलको नेताका आकांक्षी थिए । दलको नेतामा यामलाल कँडेल जानेभएपछि उनले आफ्नो दावी छोडेका थिए । यो प्रदेशमा एमालेका २० सांसद छन् ।

दुईदलबीच यसअघि नै माओवादीले मुख्यमन्त्रीसहित तीन र एमालेले चार मन्त्रालय पाउने सहमति भएको थियो । एमालेबाट सांसदहरु सुशील थापा, अम्मर थापा, दलबहादुर रावल, राजु नेपाली, देवी वलीलगायतका मन्त्रीका आकांक्षी देखिएका छन् ।

मुख्यमन्त्रीलाई स्वागत गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषको कार्यालयमा सरसफाई चलिरहेको छ ।