काठमाडौं – आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बन्दै जिम्बाबेमा आयोजना हुने एकदिवसीय विश्वकप छनोटमा पुगेको नेपालले पहिलो खेलमा आयोजक जिम्बाबेसँग प्रतिस्पर्धा गर्ने भएको छ ।


ADVERTISEMENT


नामिबियामा बिहीबार सम्पन्न डिभिजन टुमा उपविजेतामा सिमित भएपछि छनोटको समूह बिमा परेपछि नेपालले पहिलो खेलमा टेष्ट राष्ट्र जिम्बाबेसँग खेल्ने भएको हो ।


ADVERTISEMENT

# # #


बिहीबार भएको फाइनलमा युएईसँग ७ रनले पराजित भएपछि नेपाल उपविजेता बनेको थियो ।

छनोटको समूह बिमा आयोजक जिम्बाबेसँगै, नेपाल, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ रहेका छन् । र , नेपालले पहिलो खेलमा मार्च ४ मा जिम्बाबेसँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग मार्च ८ मा खेल्ने छ । त्यसपछि नेपालले १० मार्चमा अफगानिस्तान र हङकङसँग मार्च १२ मा खेल्नेछ ।

आगामी मार्च १ देखि १५ सम्म चल्ने विश्वकप छनोटको समूह ए मा वेष्ट इण्डिज, डिभिजन टु को विजेता युएई, आयरल्याण्ड, नेदरल्याण्ड र पपुवा न्युगिनी रहेका छन् ।

छनोटको शिर्ष दुई टोलीले सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउने छन् । यस्तै शिर्ष तीनमा पर्ने टोलीले एकदिवसीय मान्यता प्राप्त गर्दा पुछारको दुई टोली डिभिजन टु मै झर्नेछ ।