भुवन बहादुर सिंह, बझाङ– थलारा गाँउपालीका रहेको छडी भेल झरना प्रचार प्रसार भएपछि यो ठाँउ आर्कषकको केन्द्र बनेको छ । समुन्द्री सतह देखी झडै २५ सय मिटरको उचारमा रहेको झरनाको लम्बाई झण्डै तिन सय मिटर भन्दा बढी रहेको छ । खप्तड राष्टिय निकुञ्ज संगै जोडीएको यो झरनामा थलारा गाउँपालीका धेरै स्थानीय बासिन्दा स्नान गर्ने, शिव भगवानको पुजा आराधाना गर्ने गर्दछन् ।


ADVERTISEMENT


गाँउ नजीकै रहेको यो झरना पुग्न सदरमुकाम चैनपुर बाट झण्डै ५ घण्टा मात्रै समय लाग्ने गर्दछ । सवारीका साधनहरु सन्चालनमा आएका कारण अब झण्डै २ घण्टा समय लाग्ने यहाँका स्थानीय बासिन्दाको भनाई छ । झरना नजीकै ठुल ठुला भीर रहेका कारणले भिरमा भिर मौरि समेत देख्न सकीन्छन् । चारै तिर जंगल भएका कारण कालीज, मृग, घोरल, विभिन्न जातका चराचुरुङरगी सजीलै देख्न सकिन्छ । स्थानीय बासिन्दाको घाँस काट्ने, पशु चौपायाको चरी चरनाका रुपमा प्रचित रहेको यो ठाँउमा पुग्न सजीलो बाटो रहेको स्थानीय बासिन्दा श्याम सुनारले बताए ।


ADVERTISEMENT

# # #


पृृथ्वीको उत्पती संगै यो झरनाको उत्पती भएको यहाका स्थानीय बासिन्दाहरुको भनाई छ । पौराणीक भनाई अनुसार यो झरना को मुनी निकै ठुलो तलाउ समेत रहेको थियो जसको निसानी अहिले पनी देख्न सकीन्छ । गाँउको विचमा भएर बग्ने यो झनाको पानी स्थानीय बासिन्दले पिउन सिचाईका लागी प्रयोग गर्दै आएका छन् ।

बनभोज जान परे यहाका स्थानीय बासिन्दाहरु, विद्यार्थीहरु यही ठाँउ जाने गरेको सुनारको भनाई छ । पौराणी भनाई अनुसार यहाँ जाने जो कोही स्थानीय बासिन्दाहरुले खानेकुरा मात्र साथ लिनु पर्ने हुन्थ्यो । भाँडा कुडा झरनाको मुनी पट्टी रहेको तलाउ बाट आउने गर्दथे । नहाई धुहाई गरे पछी तामाका भाँडा कुडा आफै तलाउ माथी आउथे, यहाँ पुगेका स्थानीय बासिन्दाले शुद्ध भएर जानु पथ्र्यो स्थानीय बासिन्दा दिपक जोशीले बताएका छन् । खाना खाई सके पछी भाँडा कुडा धुदा खेरी आफै तलाउमा पस्थे  भन्ने भनाई छ ।

यस्तै यहाका बुढा पाका ब्यक्तीहरुको भनाई अनुसार बाजुरा बाट भेडा चराउनका लागी भोटेहरु यो झरनामा गएका र खानपान गरी सके पछी एक जना भोटेले आफुले खाएको खाना (जुठो) तलाउ बाट आएको तामाको भाँडामा खसाले पछी भाँडा कुडा नै नआउने गरेको र उक्त भोटेका भेडा धेरै जस्तो बाघले खाएरको भनाई छ ।  खाना खाई सके पछी भोटेले जुठो तलाउमा समेत खसालेका कारण पछी तलाउनै सुकेको स्थानीय बासिन्दा बताउन्छन् ।

यो झरनाको फेदीमा हिउदको महीनामा मात्र जान सकीन्छ । बर्खाको पानीको सतह समेत बढी हुने र झरना बाट निश्कीएको पानी खोलाको धेरै ठाँउ पर्ने भएका कारण जान नसकीने हो । झरना भन्दा झण्डै २०० मिटर पर शिबको मन्दिरको समेत स्थापना गरीएको छ । बर्खाको समयमा सो मन्दिर सम्म समेत झरनाको पानी पुग्ने यहाका स्थानीय बासिन्दा बताउन्छन् ।

उक्त झरनाको प्रचार प्रसार गर्न नसक्दा ओझेलमा परेको र अब गाँउपालीकाले यसको प्रचार प्रसार गर्नु पर्ने स्थानीय बासिन्दाले बताएका छन् । यहाँका स्थानीय बासिन्दा प्रतबन्ध र विवाह गर्नु परे र  जनै फेर्न परे छडी झरनामा र्नै जाने गर्दछन् । र शिबको मन्दिरमा पुजा आरधाना गरे मनोकाङ्गक्षा पुरा हुने विश्वास लिदै आएका छन् । गाँउपालीकाले यसको प्रचार प्रसार गर्नका लागी विषेश पहल गरी सकेको गाँउपालीकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताएका छन् । अबको केही सयय पछी यो झरना सम्म सवारीका साधन पुर्याउन पहल गरीने र यस झरनाको संरक्षणका लागी गाँउपालीकाले योजना नै बनाएर अघि बढ्न लागेको उनको भनाई रहेको छ ।