काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आवधिक विकास योजनाले जीवनस्तरमा सुधार देखिए पनि त्यसका लक्ष्य हासिल गर्न बाँकी रहेको बताएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय योजना आयोगले आज आयोजना गरेको ‘मुलुकको रणनीतिक दिशा’ विषयको कार्यशालाको उद्घाटन गर्दै उनले आवधिक विकास योजनाका उद्देश्य हासिल गर्न बाँकी नै रहेको र वर्तमान समय मुलुक जनताको समृद्धिका लागि सामाजिक आर्थिक बलियो आधार बनाउने बेला हो भने ।


ADVERTISEMENT

# # #


सन् २०३० सम्म नेपालले मध्यआय भएको मुलुकको सूचीमा पुग्ने उद्देश्य राखेको बताउँदै उनले त्यसका लागि उच्च आर्थिक वृद्धि, आर्थिक समानता र सन्तुलित विकास प्रक्रियाका समान अवसर हासिल गर्नुपर्ने आवश्यकतामा जोड दिए।

कार्यक्रममा मन्त्री, पूर्वअर्थमन्त्री, अर्थविद्, राष्ट्रिय योजना आयोगका पदाधिकारी, मुख्य सचिव तथा मलेसियाको विकास प्रस्तुति व्यवस्थापन र वितरण एकाइका पदाधिकारी तथा विज्ञ सदस्यको सहभागिता थियो ।