काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने भएकी छन् । वाम गठबन्धनको तर्फबाट ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष बहुमत सांसदको दावी पेश भएलगत्तै प्रधानमन्त्री नियुक्त गर्न लागिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।


ADVERTISEMENT


ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न बहुमतको दाबीसहित एमाले र माओवादीका शीर्ष नेता शीतल निवास पुगेका थिए । ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै आजै ४ बजे शीतल निवासमा सपथग्रहण हुनेछ ।


ADVERTISEMENT

# # #


बिहीबार नै सानो आकारको मन्त्रिपरिषद पनि गठन गर्ने सम्भावना रहेको एमालेका एक पदाधिकारीले बताए । एमाले र माओवादीबाट एक-एकजना नेता पहिलो चरणमा मन्त्री हुने सम्भावना छ ।

ओली दलको नेता चयन हुँदै

यसैबीच एमाले संसदीय दलको पहिलो बैठक मध्यान्ह पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको छ । यो बैठकले ओलीलाई संसदीय दलको नेता चयन गर्ने स्रोतले जनाएको छ ।

एमाले संसदीय दलमा ओलीको सुबिधाजनक बहुमत छ । यसअघि बुधबार बसेको एमाले स्थायी कमिटी बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।