इलाम– नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सहिदको सपना अझै पनि पूरा भइनसकेको बताएका छन् ।


ADVERTISEMENT


सहिद रत्नकुमार वान्तवाको ३८ औंँ स्मृति दिवसका अवसरमा आज बिहान ठूलो टुँडिखेल नजिकै सालिकमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले सहिद वान्तवाले देखाएको बाटामा निष्ठा र दृढताका साथ अविचलित नभई लाग्न आग्रह गरे । “वान्तवा सामान्य कार्यकर्ता नभई एक कुशल, निडर, क्षमतावान् र नेतृत्वदायी व्यक्तित्व थिए”, उनले भने।


ADVERTISEMENT

# # #


सोही अवसरमा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सहिदको सपना अझै पनि साकार नभएकाले संविधान कार्यन्वयनमा दृढतापूर्वक लाग्नुपर्नेमा जोड दिए। ‘सहिदको सपना अझै पूरा भएको छैन, अब तीनै तहको निर्वाचन सम्पन्न गरेर देशलाई आर्थिक समृद्धिको मार्गतर्फ लैजानुपर्छ, अनि मात्र सहिदको सपना पूरा हुन्छ,’ नेता नेम्वाङले भने ।

सहिद वान्तवालाई ओली सरकारले सहिद घोषणा गरेको हो । वान्तवाको जन्म २००८ साल चैत २७ गते चमैताको चित्रे भन्ने स्थानमा भएको थियो । पञ्चायती सरकारले वान्तवालाई २७ वर्षका उमेरमा चैत २७ गते नै इलामको इभाङमा गोली हानी हत्या गरेको थियो ।