जनकपुरधाम – प्रदेशसभा २ का सभामुख सरोजकुमार यादवले बुधबार सपथ लिएका छन् । प्रदेशप्रमुखको कार्यालयमा आयोजित सपथ समारोहमा प्रदेश २ का प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थले उनलाई सपथ गराएका हुन् ।


ADVERTISEMENT


यादवले हिन्दी भाषामा सपथ लिएका छन् । प्रदेश सांसदहरुले मैथिली र भोजपुरीलाई छाडेर हिन्दी भाषामा सपथ लिएकोमा विरोध भइरहेका बेला सभामुख यादवले पनि हिन्दी भाषामा सपथ लिएका हुन् ।


ADVERTISEMENT

# # #


सपथ समारोहमा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पनि सहभागी थिए ।