काठमाडौँ–  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धको सामाजिक र राजनीतिक भूमिका स्वीकारेको बताएका छन्।


ADVERTISEMENT


पार्टी केन्द्रीय कार्यालयमा ‘जनयुद्ध दिवस’को अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले जनयुद्धका विषयमा सोमबार ओलीसँग छलफल भएको उल्लेख गरे। दुई पार्टीका अध्यक्षबीच सोमबार जनताको बहुदलीय जनवाद र माओवादको संश्लेषण गरेर अगाडि बढ्ने र महाधिवेशनमा बेला टुङ्गोमा पुग्ने समझदारी भएको थियो।


ADVERTISEMENT

# # #


‘हिजो मात्रै पार्टी एकता छलफलमा हुँदा एमाले अध्यक्ष ओलीले पनि के कुराको महत्व स्वीकार गर्नु भएको छ भने जनयुद्ध नेपालको सामाजिक राजनीतिक जागरणमा ऐतिहासिक भूमिका थियो र छ,’ प्रचण्डले भने।

माओवादीले २०५२ सालमा आजकै दिन पारेर सशस्त्र युद्ध सुरु गरेको थियो। माओवादीले हरेक वर्ष फागुन १ मा ‘जनयुद्ध दिवस’ मनाउने गरेको छ। दुई वाम पार्टीबीच एकताको विषयमा छलफल चलिरहेको र सम्भवतस् आजै निर्णय हुने प्रचण्डले उल्लेख गरे।


ADVERTISEMENT

#
#


‘आजको दिनमा जनयुद्ध दिवसमा पार्टी एकता टुङ्ग्याउन सकियो भने मलाई खुसी हुन्छ भनेको छु। हाम्रो कोशिश छ। सकेसम्म आज नै टुङ्गोमा पुगोस्’, प्रचण्डले भने।

प्रतिकृया

प्रतिकृया