काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको ‘वान टु वान’ वार्ता सकिएको छ । लतितपुरको मानभवनमा ३ घण्टा भएको वार्ता सकारात्मक भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।


ADVERTISEMENT


‘पार्टी एकता र सरकार गठनका लागि चलेको यो निरन्तर वार्ता हो । वार्ता एकदमै सकारात्मक रुपमा सम्पन्न भएको छ । पछिल्लो समय बाहिर आएका विभिन्न भ्रमहरुलाई आज बसेको बैठकले चिरेको छ,’ ती नेताले भने । वार्तामा दुई पार्टीका अध्यक्षबीच पार्टी एकतालाई टुङ्गोमा पुर्‍याएर सरकार गठनमा लाग्नेबारेमा छलफल भएको थियो ।


ADVERTISEMENT

# # #