काठमाडौं-यातायात ब्यवस्था विभागमा स्मार्टकार्ड (लाइसेन्स) सकिएको छ । कार्ड सकिएपछि शुक्रबारबाट छपाई ठप्प भएको विभागका महानिर्देशक रुपनारायण भट्टराइले बताए ।


ADVERTISEMENT


भन्सारमा १ लाख ३ हजार कार्ड आएर रोकिएको उनले जानकारी दिए । ‘कार्ड छुटाउन चेक पठाइसकेको छु,भन्सार क्लियर भयो भने आइतबार आइपुग्छ’ उनले भने ।


ADVERTISEMENT

# # #


त्यस्तै आगामी १० दिनमा पछिल्लो ठेक्का ७ लाख ५० हजार कार्ड मध्यको साढे ३ लाख र त्यसको १ महिनामा ४ लाख कार्ड आउने भट्टराइले जानकारी दिए । यसले असार सम्मलाई पुग्ने विभागको अनुमान छ ।

आगामी आर्थिक वर्षमा कार्ड अभाव हुन नदिन असार सम्ममा अर्को टेन्डर एग्रिमेन्ट गरिसक्नुपर्ने विभागले जानकारी दिएको छ ।

अब हुने २० लाख कार्डको ठेक्काको लागि फाइल मन्त्रालयमा पुगेको र प्रकृया चलिरहेको भट्टराईले जानकारी दिए । त्यसको लागि सबै आवश्यक कागजपत्र विभागले तयार पारिसकेको उनले बताए ।