काठमाडौं-नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ । सोमबार बस्ने बैठकले प्रतिनिधिसभाको समानुपातिकतर्फको सांसद्को सूचीको टुङ्गो लगाउने छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


पार्टीले निर्वाचन आयोगलाई सोमबार नै समानुपातिक सांसद्को सूची उपलब्ध गराउनु पर्नेछ । नेपाली काँग्रेसले समानुपातिकमा ४० जनाको नाम सिफारिश गर्नुपर्ने छ । ती मध्ये २६ जना महिला हुनेछन् ।

पार्टीले कुल ३१ लाख २८ हजार ३८९ मत प्राप्त गरेको थियो । यो कूल मतको ३६.६ प्रतिशत हो ।