काठमाडौँ– नामिबियामा जारी आर्इसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले आज युएईलाई ११४ रनमै अल आउट गरेको छ ।


ADVERTISEMENT


नामिबियाको विन्डहक मैदानमा टस हारेर ब्याटिङ थालेको युएईले ३१ ओभरमा सबै विकेट गुमाउँदै मात्र ११४ रनमा समेटिएको हो । पानीले मैदान भिजेपनि ३४ ओभरमा झारिएको खेलमा युएईका ब्याट्स मेन नेपाली बलरसामू निरीह साबित भए । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ४ विकेट हात पारे


ADVERTISEMENT

# # #


३० रन पूरा नगर्दै ३ विकेट गुमाएको युएईको लगातार विकेट झरिरह्यो । पहिलो विकेटको रुपमा व्यक्तिगत शून्य रन बनाएर अस्फाक अमिद सोमपाल कामीको बलमा बोल्ड भए । यस्तै दोस्रो विकेटका रुपमा सामपालबाटै घुलम सब्बीर १६ रनमा आउट भए ।

मोहम्मद बोतालाई १५ रनमा आउट गराएका कप्तान पारसले अदान मुफ्तीलाई १८ रनमा कट एण्ड बोल्ड गरे । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिएका छन् । यसअघि सन्दीपले शाइमन अनवरलाई बोल्ड आउट गराएका थिए । सन्दीपले आफ्नो पहिलो ओभरको पहिलो बलमा नै रमिज शाहजादलाई ४ रनमा आउट गराएका थिए । रमिजपछि ब्याटिङमा आएका मोहमद उस्मानलाई सन्दीपले आफ्नो दोस्रो बलमा नै आउट गराएका थिए ।

यसअघि नेपालका लागि करण केसीले रोहन मुस्ताफालाई ७ रनमा आउट गराएका थिए । त्यस्तै, सोमपालले नेपालका लागि ४ विकेट लिए । सोमपालले घुलाम सब्बिरलाई १६ रनमा आउट गर्दै दोस्रो सफलता दिलाएका थिए । भने पहिलो ओभरको तेस्रो बलमा नै सोमपालले अस्फाक अहमदलाई बोल्ड आउट गराएका थिए । यस्तै १० रनमा मोहम्मद नाभिदलाई आउट गर्दा अहमित राजालाई ८ रनमा पेवेलियनको बाटो देखाए ।

नेपालले ११५ रनको लक्ष्य पच्छ्याउन केहीबेरमा नै जवाफी ब्याटिङमा उत्रिँदैछ ।