मंगलबारे, इलाम – नेपाल निर्माण व्यवसायी संघ इलामको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सुवास चिपालु निर्वाचित हुनुभएको छ ।


ADVERTISEMENT


अध्यक्षमा निर्वतमान अध्यक्ष राजकुमार भक्तराजलाई २६ मत अन्तरले पछि पार्दै चिपालु निर्वाचित हुनुभएको हो । चिपालुले ६३ मत ल्याउनुभयो भने भक्तराजले ३७ मत प्राप्त गर्नुभयो ।


ADVERTISEMENT

# # #


संघको उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा वीरेन्द्र कार्की निर्वाचित हुनुभयो ।  त्यसैगरी सहसचिवमा हेमन्त गौतम, कोषाध्यक्षमा सन्तोष भक्तराज विजयी हुनुभयो ।

यस्तै सदस्यमा निरोज राउत, दिनेश खड्का, पुजन श्रेष्ठ, सेवक देवान, मोहन अधिकारी र पुन्यकुमार मुखिया विजयी हुनुभयो ।