काठमाडौं-नेपालमा विदेशी लगानीमा स्थापना भएको पहिलो पाँचतारे ‘टाइगर प्यालेस रिसोर्ट’ को उच्च व्यवस्थापन हेरिरहेका पाँच विदेशी श्रम स्वीकृतिबिना काम गरिरहेको भेटिएको छ ।


ADVERTISEMENT


सम्बद्द स्रोतका अनुसार निस्शुल्क भिसामा नेपाल आएका उनीहरू विगत ६ महिनादेखि रूपन्देही तिलोत्तमा नगरपालिका १७ कोटिहवामा पाँचतारे स्तरको रिसोर्ट टाइगर प्यालेसको क्यासिनोमा प्रबन्धकदेखि महाप्रबन्धकसम्म तहमा कार्यरत छन ।


ADVERTISEMENT

# # #


नेपालको कानुन अनुसार विदेशी नागरिकले नेपालमा श्रम स्वीकृति लिएर मात्र काम् गर्न पाउछन् । तर , ती पाँच विदेशी भने श्रम स्विकृतिबिना नै कार्यरत रहेको स्रोतले जानकारी दियो । उनीहरूबारे केही दिनयता अध्यागमन विभागले जानकारी लिइरहेको छ ।

टाइगर प्यालेस रिसोर्टसहित त्यसमा संचालित क्यासिनोमा अस्ट्रेलियास्थित बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपको ५ अर्ब २० करोड रुपैया लगानी छ । टाइगर प्यालेस रिसोर्ट तथा क्यासिनोको नेपालस्थित आधिकारिक कम्पनी सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिका कार्यकारी अध्यक्ष राजेन्द्र बजगाईंले भने,

-नेपालमा दक्ष जनशक्ती जत्ति पनि छन् ।

-विदेशी आए पनि श्रम स्वीकृति लिएर कानुनी हिसाबमा केहि समय काम गरेपछि दक्षता हस्तान्तरण गरी छोड्नुपर्छ ।

-यसबारे मैले क्यासिनोको प्रमुख कार्यकारी अधिकृत माइक बल्सोभरसँग धेरैपटक भन्दा पनि उनले बेवास्ता गर्दै आएका छन।- आजको नागरिक दैनिकबाट