रौतहट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद अफ्ताव आलमले विकास र धार्मिक सद्भावका लागि जस्तो सुकै कुरवानी दिन पनि तयार रहेको बताएका छन् ।


ADVERTISEMENT


रौतहट क्षेत्र नम्बर २ स्थित फटुवा र भगवानपुरको बीचमा पर्ने गरी निर्माण हुन लागेको एक मन्दिरका लागि सम्पूर्ण लागत दिने घोषणा गर्दै आलमले विकास र धार्मिक सद्भाव संग संगै अघि बढाए बिश्वमा नेपाल बेजोड पहिचानका साथमा चिनिने बताएका हुन् ।


ADVERTISEMENT

# # #


हिन्दु मुस्लिम एक रहेकाले सबै मिली अगाडि बढन तथा आफु दुवै समुदायको माया ममताले नै अगाडि बढेको र निर्वाचित हुन सफल भएको समेत उनले बताएका छन् ।

उनले रौतहटका सबै सडकहरुलाई जनताले कालो पत्र मात्रै देख्न पाउने समेत घोषणा गरेका छन् ।

रौतहटको राजपुर फरहदवामा आज बजरहा डुमरिया लौकाहा पतौरा सडक खण्डको शिलान्यास गर्दै पूर्व मन्त्री समेत रहेका आलमले आफु र आफनो पार्टी सदैव समाजिक तथा साम्प्रदायिक सदभाव बचाउने र साम्प्रदायिक एकता बलियो बनाउने आधार र पक्षधर रहेको पष्ट पारेका छन् ।

कुल १५ करोड ८४ लाख ३३ हजार ३ सय ३३ रुपैयाको लागतमा निर्माण हुने उक्त सडकको जिम्मा साह कस्ट्रक्सनले लिएको छ । अषाढ मसान्त सम्म कार्य सम्पन्न गरि सक्ने निर्माण कम्पनीका प्रोप्राईटर नागेन्द्र साहले जानकारी गराएका छन् ।

कार्यक्रममा नेता रामचन्द्र गिरी, परोहा नगरपालिकाका मेयर शेख वकिल, राजपुर नगरपालिकाका मेयर शकिल अख्तरको सहभागिता रहेको थियो । नेपाल तरुण दल रौतहटका अध्यक्ष महमद नौशाद आलमले कार्यक्रम संचालन गरेका थिए ।