काठमाडौ-समाजवाद अध्ययन केन्द्र भक्तपुरले नवलपरासीको(बर्दघाट सूस्ता पश्चिम) बर्दघाट स्थित चिसापानी सामुदायीक अस्पताललाई बिभिन्न प्रविधी युक्त स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको हो ।


ADVERTISEMENT


केन्द्रले अस्पतालमा आउने बिरामीको उपचार सेवामा सहयोग पु¥याउने उदेश्यले एमरजेन्सी टर्ली , मेबुलाईजर मेसीन (श्वासप्रश्वास सम्बन्धी वाथ दिने सामाग्री) लगायतका अन्य महत्पुर्ण प्रविधिहरुहरु प्रदान गरेको हो ।


ADVERTISEMENT

# # #


आज एक कार्यक्रम बिच पुर्व गृह राज्य मन्त्री , प्रतिनिधी सभा सदस्य एवंम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले अस्पताल विकास समितीका अध्यक्ष कुलदिप आचार्यलाई सो सामाग्री औपचारीक रुपमा हस्तान्तरण गरेका थिए ।

यसैबिच केन्द्रले गरिब र बिपन्न समुदायका अपाङ्गता भएका ब्यक्तिहरुलाई सोही कार्यक्रम बिच ह्युलचेयर र बैसाखी समेत बितरण गरेको छ । आर्थिक अभावका कारण हालसम्म पनि ह्युलचेयरमा हिड्डुल गर्न नपाएका अपाङ्गता भएका ब्यक्तिहरुलाई केन्द्रले निशुल्क रुपमा ह्युलचेयर र बैसाखी बितरण गरिएको केन्द्रका अध्यक्ष दुर्गा फुयालले जानकारी दिएका छन् ।

सो कार्यक्रमा प्रमुख अतिथीको रुपमा बोल्दै कण्डेलले समाज रुपान्तरणकालागी सबै एक जुट भई अघि बढ्नपर्ने बताए । यसैगरी कार्यक्रममा बिशेष अतिथी केन्द्रका संरक्षक एवंम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले राज्यले सबै क्षेत्रलाई पुर्ण रुपमा ब्यवस्थापन गर्न नसकेको प्रति चिन्ता प्रकट गरेका थिए ।

केन्द्रमा आबद्धता लिएका सदस्यहरुले आ आफ्नो छोरा छोरीको जन्म दिनको अवसरमा संकलीत रकम, बिद्यालय शुल्क मिनाह लगायतबाट रकम बचाएर यसरी सामाजीक कार्यमा सहयोग गरिएको केन्द्रका कोषाध्यक्ष राजन कार्कीले जानकारी दिएका छन् ।

केन्द्रले नेपालका अन्य स्थानहरुमा समेत अस्पतालमा स्वास्थ्य सामाग्री दिने साथै गरिब र बिपन्न समुदायका अपाङ्गता भएका ब्यक्तिहरुलाई निशुल्क रुपमा ह्युलचेयर , र बैसाखी उपलब्ध गराउदै आएको केन्द्रले जनाएको छ ।

यस केन्द्रको संरक्षककौ रुपमा कांग्रेसका नेताहरु डा. शशांक कोईराला, प्रदीप गिरी, गगन थापा, र प्रदीप पौडेल रहेका छन् । केन्द्रमा करिब दुई हजार सदस्यहरु रहेका छन् ।