काठमाडौँ– आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको आफ्नो दोस्रो खेलमा ओमानसंग नेपाल पराजित भएको छ ।


ADVERTISEMENT


नामिवियाको विन्डहकस्थित एफिज पार्क मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टिमले निर्धारित ५० ओभरको खेलमा ४६ ओभरमा अलआउट हुँदै १३८ रन मात्र बनाउन सक्यो। सामान्य चुनौति पच्छ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको ओमनले मात्र ४ विकेट गुमाएर रन बनाएपछि नेपालको पराजय भएको हो ।


ADVERTISEMENT

# # #


ओमनका लागि अकिव इलासले सार्वाधिक ४६ रनको योगदान दिए । वसन्त रेग्मीको बलबाट बोल्ड हुनुअघि उनले ५ चौका प्रहार गरे । यस्तै भिएस वाटेग्नरले उत्कष्ट खेलेपछि ओमनको जिति सहज भएको हो । नटआउट रहेका उनले ३७ रन बनाएर खेलको एक मात्र छक्का प्रहार गरे । यस्तै जितेन्द्र सिंह २४ रनको योगदान दिँदा खावर अलिले ११ रन जोडे । यस्तै सुल्तान अहमेदले १६ रनको योगदान दिए ।

नेपालका लागि सन्दीप लामिछाने बाहेक अन्यले खासै राम्रो बलिङ गर्न सकेनन् । सन्दीपले १० ओभर बलिङ गरेर मात्र २९ रन दिएर २ विकेट लिए । यस्तै सोमपाल कामी र वसन्त रेग्मीको खातामा समान १/१ विकेट रह्यो ।

यता नामिविया विरुद्धकै जस्तो ब्याटिङ प्रदर्शन गरेको नेपालका लागि सरद भेसवाकरले सर्वाधिक २२ रन बनाए। दीपेन्द्र सिंह ऐरीले २० तथा दिलिप नाथले १९ रन बनाए। सोमपाल कामीले नटआउट १७ रनको योगदान दिए।

१० रन हुँदा पहिलो विकेट गुमाएको नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए। त्यसपछि नेपालको स्कोर ३८ रन हुँदा दिलिप नाथ १९ रनमा आउट भए।

त्यसपछि क्रिजमा आएका आरिफ शेख मात्र ६ रनमा पेभेलियन फर्किएपछि नेपालले ५३ रनमा ३ विकेट गुमायो । त्यसपछि नेपालले अरू ३ रन जोड्दा पारस खड्काको विकेट गुमायो ।

पारसले १७ रन बनाउँदै आउट भए। पारसको स्थानमा क्रिजमा आएका दिपेन्द्रसिह ऐरी पनि २० रनमा पेभेलियन फर्किँदा नेपालले ९२ रनमा ५ विकेट खेर फाल्यो।

लगत्तै नामिवियलाई हराउँदा नायक बनेका बसन्त रेग्मी १ रनमा आउट भएपछि नेपालले ९३ रनमा ६ विकेट गुमायो।

त्यसपछि शरद भेषवाकर २२ रनमा आउट भएपछि नेपालले १११ रनका सातौ विकेट गुमायो। पहिलो पटक राष्ट्रिय टिममा परेका रोहितकुमार पौडेलले ४२ बल खेल्दै १४ रन बनाएर आउट भए पछि नेपाली इनिङ्स धरापमा परेको हो।

नेपाली इनिङ्स ध्वस्त पार्ने क्रममा ओमानी बलर कालेमुल्लाहले ४ विकेट लिए भने बिलाल खानले २ विकेट हात पारे।

नेपालले अर्को खेल आइतबार युएईसंग खेल्नेछ ।