काठमाडौं –एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रियालाई गति दिन शुक्रबार बस्ने भनिएको पार्टी एकता संयोजन समितिको बैठक स्थगित भएको छ ।


ADVERTISEMENT


पार्टी एकताका सम्बन्धमा हालसम्म भएका प्रगति तथा भावी कार्ययोजनाका विषयमा छलफल गर्न भन्दै बैठक बस्ने तय भएको थियो ।
तर, कुनै खास कारण नदेखाई वैठक स्थगित भएको छ ।


ADVERTISEMENT

# # #


नेताहरु अन्य काममा व्यस्त भएपछि बैठक सरेको बताइएको छ । हिजो मात्र एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम, प्रदेशसभा र पार्टी एकताका विभिन्न पक्षबारे छलफल भएको थियो ।

राष्ट्रियसभाको निर्वाचनपछि नयाँ सरकार गठनको प्रक्रियासमेत अगाडि बढेका सन्दर्भमा पार्टी एकतालाई सार्थक निष्कर्षमा पु¥याएर सरकार गठनको मार्गप्रशस्त गर्ने विषयमा समेत दुई नेताबीच छलफल भएको थियो ।

एकता प्रक्रियाले गति नलिएको तथा पछिल्ला दिनमा दुई नेताबीच छलफलसमेत हुन छाडेको सन्दर्भमा उनीहरुबीच छलफल भएको थियो ।