काठमाडौँ– नामिबियामा जारी आर्इसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको दोस्रो खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।


ADVERTISEMENT


नामिबियाको विन्डहक स्थित एफिज पार्क मैदानमा ओमनसंग टस हारेर ब्याटिङ गरेको नेपालका लागि पहिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल आउट भएका थिए । दोस्रो विकेटका रुपमा नेपालले ओपनर दिलीप नाथलाई गुमाएको हो । उनले कप्तान पारससंग २८ रनको साझेदारी गर्दा ३ चौका प्रहार गरेका थिए । ४९ बलको सामना गरेका उनले मात्र १९ रन बनाए ।


ADVERTISEMENT

# # #


यसअघि ज्ञानेन्द्र मल्लले दिलिप नाथसंग ५ ओभरमा १० रनको साझेदारी गर्दै व्यक्तिगत ७ रनमा पेवेलियन फर्किए ।
एक चौका प्रहार गरेका उनले १७ बलको सामना गरेका थिए ।

अहिले कप्तान पारसलाई साथ दिन आरिफ शेख आएका छन् । नेपाली टिममा आज कुनै परिवर्तन भएको छैन । हिजो नामिबियाविरुद्ध खेलेका खेलाडिले नै आज पनि निरन्तरता पाएका छन् ।

खराब ब्याटिङका बाबजुत हिजोको खेलमा नेपालले आयोजक राष्ट्र नामिबियालाई एक् विकेटले हराएको थियो । पहिलो खेलमा जित दर्ता गरेको नेपालले आजपनि विजयी यात्रालाई निरन्तरता दिने दाउमा छ भने ओमन जितको खाता खोल्ने उद्देश्यमा छ ।