काठमाडौँ – विशेष अदातलले अत्यन्त न्यून मात्रमा मुद्दा फछ्र्योट हुने गरेको पाइएको छ ।


ADVERTISEMENT


तीन सय २० मुद्दामध्ये साउनयता छ महिनामा करिब ६० मुद्दा मात्र फछ्र्योट भएको अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए । उनका अनुसार गत आव २०७३/७४ का २३२ बाँकी र चालु आव २०७४/७५ का ८८ मुद्दामा ५८ वटा फछ्र्योट भएको हो ।


ADVERTISEMENT

# # #


अदालतका उपरजिष्ट्रारसमेत रहेका पोखरेलले अदातलमा यस वर्ष निर्वाचनको कारणले कम मात्र मुद्दा फछ्र्योट भएको बताए । ‘‘विशेष अदालतमा दायर हुने मुद्दाको प्रकृति पनि अलि गम्भीर प्रकारको हुन्छ’’ उनले भने, ‘‘एउटै मुद्दा फछ्र्योट गर्नका लागि धेरै दिन लाग्छ । त्यसैले मुद्दा फछ्र्योट गर्न ढिलाइ भएको हो ।’’ अदालतले गत पुस मसान्तसम्म ४९ र माघमा नौ मुद्दा मात्र फछ्र्योट गरेको हो ।

अदालतमा दुई वर्ष नाघेका १८, एक वर्ष छ महिनादेखि दुई वर्षसम्मका ४० र एक वर्ष ६ महिनासम्मका २०८ मुद्दा छन् । अदालतले सम्पत्ति शुद्धीकरण, राज्यविरुद्धका अपराध र भ्रष्टाचारसम्बन्धी मुद्दा मात्र हेर्ने गरेको छ । अहिले दुई इजलास रहेको विशेष अदालतमा अध्यक्ष बाबुराम रेग्मीसहित पाँच सदस्यले फैसला गर्ने गरेका छन् । विसं २०५९ मा स्थापित अदालतमा सरकारवादी मुद्दा मात्र दर्ता हुने गरेका छन् ।