काठमाडौं-बहुप्रतीक्षित राष्ट्रिय सभा चुनाव बुधबार हुँदै छ । राष्ट्रिय सभा गठन नहुँदा दुई महिनाअघि सकिएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा घोषणा हुन सकेको छैन ।


ADVERTISEMENT


निर्वाचन आयोगले मंसिर २१ मा सकिएको प्रतिनिधिसभा निर्वाचनको मत परिणाम संवैधानिक र कानुनी जटिलताका कारण सार्वजनिक गर्न नमिलेको हो । यसबाट नयाँ सरकार गठन प्रक्रियासमेत ठप्प छ ।


ADVERTISEMENT

# # #


प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रिय सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको र राष्ट्रिय सभा निर्वाचन परिणाम आएलगत्तै प्रतिनिधिसभाको समानुपातिकको परिणाम दिने प्रक्रिया थालिने बताए । ‘माघ २४ गते चुनाव सम्पन्न हुन्छ, सोही रातिबाट परिणाम आउन थाल्छ ।

सकभर भोलिपल्ट २५ गते राष्ट्रिय सभा सदस्य निर्वाचनको सबै परिणाम आइसक्छ,’ उनले भने । आयोगले माघ २६ गते राष्ट्रिय सभाको परिणाम राष्ट्रपतिसमक्ष बुझाउने लक्ष्य राखेको छ ।-आजको कान्तिपुरबाट