पोखरा – प्रदेश ४ प्रदेशसभाको सभामुख चयनका लागि फागुन ३ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकले सभामुख निर्वाचनको मिति तय गरेको हो ।


ADVERTISEMENT


प्रदेशसभामा वाम गठबन्धनको प्रष्ट बहुमत छ । वाम गठबन्धनमा भएको भागवण्डामा मुख्यमन्त्री एमाले र सभामुख माओवादी केन्द्रको भागमा परेको छ । प्रदेशसभाको बैठकले अन्तरिम कार्यविधि पारित गरेको छ भने सभामुखको अनुपस्थितिमा सभा सञ्चालनका लागि समिति पनि बनाएको छ ।


ADVERTISEMENT

# # #


पहिलो बैठकमा बोल्ने सांसदहरुले प्रदेश ४ लाई सम्बृद्ध प्रदेश बनाउने बाचा गरेका छन् ।