काठमाडौं-सामूहिक बलात्कारमा परेको भन्दै सुरुमा आफैंले उजुरी दिएर पछि आर्थिक प्रलोभनमा बयान फेरेको भन्दै प्रहरीले युवतीलाई प्रहरीले काउन्सिलिङ थालेको छ । युवतीको बयानका कारण अभियुक्तहरु उम्कन सक्ने देखेपछि प्रहरीले युवतीलाई काउन्सिलिङ गरेको हो ।


ADVERTISEMENT


सुरुमा उजुरी दिने युवतीले पछि रिसको झोँकमा बोलेको भन्दै कागज गरेर अभियुक्तसँग ३० लाख रकम लिएको र उक्त मिलापत्रलाई नै प्रहरीले सदर गरेको भेटिएपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपीसहित ३ प्रहरी कारबाहीमा परेका थिए ।


ADVERTISEMENT

# # #


‘सुरुमा बलात्कार भएको भन्दै आफैं उजुरी गर्ने युवतीले पैसा पाएपछि बयान फेरिन् । हामी यसबारे गम्भीर ढंगले अनुसन्धान गरिरहेका छौं,’ महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं सोही घटनाको छानबिन समितिका संयोजक एसपी रामदत्त जोशीले भने, ‘उनलाई काउन्सिलिङको जरुरत परेकाले माइती नेपालसँग समोन्वय गरेर राखेका छौं, छिट्टै घटनाको वास्तविकता बाहिर आउँछ ।’

त्यसैगरी प्रहरीले फरार रहेका व्यक्तिसँग नियमित फोन सम्पर्कमा रहेका दुईजनालाई पनि हेटौंडाबाट पक्राउ गरी काठमाडौं ल्याएको छ । ‘उनीहरु यो घटनाका दोषी हैनन् तर फरार अभियुक्तसँग फोन सम्पर्कमा रहेको देखिएका कारण उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौं,’ जोशीले भने ।