काठमाडौं-मोरङको पथरीशनिश्चरे ५ स्थित अमरसिंह माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाएको छ । कांग्रेस नेता मीनेन्द्रप्रसाद रिजालले शैक्षिक विकासका साना तिना काम लिएर अब सिंहदरबार पुग्नु नपर्ने बताएका छन्।


ADVERTISEMENT


मोरङको पथरीशनिश्चरे ५ स्थित अमरसिंह माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहको उद्घाटन गर्दै नेता रिजालले शैक्षिक विकासमा स्थानीय तहमा रहेरै आफैले योग्दान पुर्‍याउने बताएका हुन् । प्रतिनिधि सभामा सोही क्षेत्रबाट निर्वाचित नेता रिजालले निजी विद्यालय फस्टाउँदै जाँदा सरकारी विद्यालयको स्तर खस्कदै जानु राज्यको चिन्ताको विषय भएको बताए।


ADVERTISEMENT

# # #


सरकारी निकायको प्रत्यक्ष अनुगमनको अभावले सरकारी विद्यालय संकटमा परेको उल्लेख गर्दै अब स्थानीय निकायबाटै अनुगमन तथा नियमन हुने भएकोले सुधार्दै ल्याउने उनले बताए । सरकारी संरचनाको विकासका लागि हरेकले राजनीतिभन्दा माथि उठ्न आवश्यक रहेको औंल्याउँदै रिजालले भने, ‘सरकारी विद्यालयलाई शिक्षकले जागीर खाने र राजनीति गर्ने ठाउँका रुपमा र विद्यार्थीले अल्मलिने ठाउँका रुपमा मात्र लिनु हुँदैन ।

कार्यक्रममा प्रदेश सभाका सभासद लीलाबल्भव अधिकारी, शेखरचन्द्र थापा राष्ट्रिय खेलकुद कर्मचारी संघका अध्यक्ष रन्जन थापा लगायतका वक्ताले शुभकामना ब्यक्त गरेका थिए । स्वर्ण महोत्सव समारोहका अवसरमा विद्यालयलाई जग्गा दिने जग्गादाता, विद्यालयका पूर्व प्रधानाध्यापक, सञ्चालक समितिका पूर्व अध्यक्ष र स्थानीय वृद्ध–वृद्धा र अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गरिएको थियो।

स्वर्ण महोत्सवको अवसर पारेर विद्यालयले विद्यार्थी बिच बिबिध कार्यक्रम गरि पुरस्कृत समेत गरेको थियो।उक्त विद्यालयबाट शिक्षा आर्जन गरि देशको उच्च ओहदामा रहेका विद्यार्थीकोसमेत कार्यक्रममा उपस्थिति थियो।

स्वर्ण महोत्सवकै अवसर पारी पूर्व विद्यार्थी खगेन्द्र बस्नेको नेतृत्वमा पथरी लायन्स क्लवले ३० जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई पोसाकसमेत बितरण गरेको थियो । २०२४ साल माघ २० गते श्रीपञ्चमीको अवसरमा स्थापना भएको अमरसिंह माविमा हाल कक्षा १ देखि १२ सम्म आईपुग्दा ८ सय विद्यार्थी अध्ययनरत रहेको प्राचार्य डोमी शाहाले प्रतिवेदनमा प्रस्तुत गरेका थिए।