काठमाडौं-पाँचथरको हिलिहाङ गाउँपालिकामा आज बिहान भएको ट्याक्टर दुर्घटनामा चालक सहित दुई जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।


ADVERTISEMENT


को १ त ३४०६ नम्बरको ट्याक्टर सल्लेरी भन्ने स्थानमा सडकबाट करिब डेढ सय मिटर तल झरेको प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताएका छन् । दुर्घटनामा ताप्लेजुङ सिरिजंगा गाउँपालिका घर भएका चालक र अर्का एकजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


तर उनीहरुको परिचय भने खुलिसकेको छैन । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।