काठमाडौं-निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाउने निर्णय गरेका छन् । बढेको भाडा दर आगामी सोमबार (माघ २२ गते) बाट लागू हुनेछ ।


ADVERTISEMENT


नेपाल आयल निगमले बिहीबार मध्यरातबाट हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरी ९५ रुपैयाँ पुर्याएपछि वायुसेवा कम्पनीले पनि सोही अनुपातमा हवाई भाडा बढाउने निर्णय गरेका हुन् । बढ्ने भाडा दरमा एक महिनाअघि भएको प्रतिलिटर ३ रुपैयाँ वृद्धिसमेत समेटिएको छ । वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा सञ्चालक संघको शुक्रबार बसेको बैठकले न्यूनतम ७५ रुपैयाँदेखि अधिकतम ३ सय ५५ रुपैयाँसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


‘सरकारले तोकिदिएको अधिकतम भाडा ननाघ्ने गरी बढाउने निर्णय भएको छ । कार्यान्वयनका लागि आइतबार (माघ २१ गते) नेपाल नागरिक उड्डयन प्राधिकरणमा सिफारिस गर्छौं,’ संघका प्रवक्ता घनश्याम आचार्यले भने, ‘प्राधिकरणले अनुमोदन गरेमा माघ २२ गतेबाट बढेको भाडादर कार्यान्वयन हुनेछ ।’

नयाँ भाडादरअनुसार काठमाडौंबाट सबैभन्दा नजिक (करिब १५ मिनेट) हवाई दूरीमा रहेको सिमरा जान ३ हजार १ सय २५ रुपैयाँ र टाढा (१ घन्टा २० मिनेट) दूरीको धनगढी जान १२ हजार ६ सय ७५ रुपैयाँ तिर्नुपर्छ । सिमराका लागि ७५ रुपैयाँ र धनगढीका लागि ३ सय ५५ रुपैयाँ भाडा बढेको छ । यसमा विमानस्थल कर २ सय रुपैयाँ जोडिएको छ ।

त्यसैगरी काठमाडौंबाट माउन्टेन फ्लाइटलाई प्रतियात्रु २ सय ७५, पोखरालाई १ सय २५, भैरहवालाई १ सय ६५, विराटनगरलाई १ सय ९०, भद्रपुरलाई २ सय ४०, भरतपुरलाई ८५, नेपालगन्जलाई २ सय ६०, जनकपुरलाई १ सय ५ र तुम्लिङटारलाई१ सय ४५ रुपैयाँ बढी तिर्नुपर्नेछ । – आजको नागरिकबाट