काठमाडौं-नेपाल आयल निगमले बूढीगण्डकी जलविद्युत आयोजनामा २५ प्रतिशत सेयर माग गरेको छ ।


ADVERTISEMENT


उसले मासिक ७० ८० करोड रुपैयाँ संकलन गरेकाले बूढीगण्डकी संस्थागत सेयर माग गरेको जनाएको छ ।


ADVERTISEMENT

# # #


निगमका कार्यबाहक कार्यकारी निर्देशक सुशील भट्टराईले जलविद्युत आयोजनाका लागि वार्षिक १० अर्ब रुपैयाँभन्दा बढी संकलन गरी सरकारलाई बुझाउँदै आएको बताए ।

उनले भने,

-दस बर्षको अवधिमा आयोजनाको लागतको करिब ५० प्रतिशत रकमको जोहो निगमले नै गर्न सक्छ ।

-यही आधारमा निगमलाई पनि सेयर दिनुपर्छ भन्ने हाम्रो भनाइ हो ।-आजको कान्तिपुरबाट