काठमाडौं-भारतीय विदेश मन्त्री सुष्मा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन् । शीत्तल निवासमा पुगेर विदेशमन्त्री स्वराजले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेकी हुन् ।


ADVERTISEMENT


भेटवार्ताका क्रममा दुई नेत्रीबीच समसामयिक विषयमा कुराकानी भएको छ । विदेशमन्त्री स्वराजले तीनवटै निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा राष्ट्रपति भण्डारीलाई बधाई समेत दिएकी छन् ।


ADVERTISEMENT

# # #


उनले भेटका क्रममा राष्ट्रपतिसँग दुई देशबीचको सम्बन्ध बहुआयामिक रहेको बताउँदै यसलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिएकी थिइन् ।