काठमाडौं-प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यानलिने सम्मको धम्की दिएको भन्दै शान्ति सुरक्षाको मागसहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएपछि वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीका लागि सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अधिवक्ता भण्डारीको कार्यालय शंखमुल तथा ललितपुरमा रहेको निवास क्षेत्रमा प्रहरी निगरानी बढाइएको छ । जिल्ला प्रशासन कार्यालयबाट आएको पत्रका आधारमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


अधिवक्ता भण्डारीले आफुलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले फोन मार्फत ज्यानमार्ने सम्मको धम्की दिएको आरोप लगाएका छन् । उनले आफुले लगाएको आरोप गलत भए फोनको कल डिटेल अध्ययन गरेर छानविन गर्न माग गरेका छन् ।

डाक्टर गोविन्द केसीको पक्षबाट बहस गरेको भन्दै प्रधानन्यायाधीशले ज्यानमार्ने धम्की दिएको वरिष्ठ अधिवक्ता भण्डारीको आरोप छ ।

यसैबीच डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश पराजुलीको नागरिकताको प्रतिलिपिको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका छन् ।