बिराटनगर । आफ्ना नेताहरुका बिरुद्ध प्रहरीले ‘झुटा’ मुद्धा हालेर फँसाउन खोजेको भन्दै युवा संघ नेपाल १ नम्बर प्रदेश कमिटीले मुद्धा खारेजीको माग गर्दै त्यसो नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।


ADVERTISEMENT


युवा संघ एक नम्बर प्रदेश सचिवालय सदस्यद्धय रुपेश बजगाई, रमेश बस्नेत लगायत १३ जना बिरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरेको भन्दै युवा संघले गम्भिर आपत्ति जनाएको हो ।


ADVERTISEMENT

# # #


जिप्रका प्रमुख एसपी बिद्यानन्द माझी र ईप्रका ईटहरीका डिएसपी सञ्जय बहादुर राउतले बार्गेलिङ गरिरहेको युवा संघ केन्द्रीय सचिव एवं १ नम्बर प्रदेश प्रमुख पर्शुराम बस्नेतले हस्ताक्षर गरि जारी बिज्ञप्तिमा भनिएको छ ।

केही महिना अघि एउटा समुहले युवा संघका नेता कार्यकर्ताहरुलाई सांघातिक आक्रमण गरी मरणासन्न हुने गरी कुटपिट गरेको बिषयलाई प्रशासनले बेवास्था गरिरहेको र उल्टै पीडितहरु माथि नै काम चलाउ सरकारले सत्ताको आडमा प्रशासन र कानूनको दुरुपयोग गरी प्रहार गरिरहेको युवा संघको आरोप छ ।

‘सत्ताको आडमा काँग्रेसीहरुले दादागिरी देखाईरहेने हो भने युवा संघ नेपाल पनि हातमा दही जमाएर बस्ने छैन’ बस्नेतद्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ ‘हाम्रो धैर्यतालाई कमजोरी ठानेर प्रशासनले उन्मुक्ति दिई कानूनी कारबाही नगर्ने हो भने युवा संघ मैदानमा उत्रन बाध्य हुनेछ ।’