जनकपुरधाम-प्रदेश २ को सभामा खटिने मर्यादापालकलाई दौरासुरुवाल लगाउन बन्देज लगाइएको छ । उनीहरूले कोट पाइण्ट लगाउनुपर्ने भएको छ।


ADVERTISEMENT


जनकपुरमा बिहीबार सम्पन्न सर्वदलीय बैठकले मर्यादापालकले दौरासुरुवाल लगाउन नपाउने निर्णय गरेको हो । संघीय समाजवादी फोरम नेपालका नेता एवं प्रदेश २ का सांसद रामआशीष यादवले सर्वदलीय बैठकले मैथिली संस्कृतिसँग मेल नखाने दौरासुरुवालको विकल्प खोजिएको बताए ।


ADVERTISEMENT

# # #


केन्द्रीय संसद्का पुरुष मर्यादापालकले दौरासुरुवाल लगाउँछन् भने महिलाले सारीचोलो लगाउँछन् । अन्य प्रदेशसभामा खटिएका मर्यादापालकले पनि केन्द्रको यही ‘ड्रेस कोड’ पछ्याएका छन् । तर, प्रदेश २ ले भने अलग्गै पहिचान खोजेका छन् ।

प्रदेश २ का सभा सदस्यहरूले आफ्नो पहिचानअनुसारको पहिरन लगाउन पाउने भएका छन् तर एकरूपताका लागि भने कोट वा बण्डीको रङ खैरो राख्ने निर्णय गरेको नेता शैलेन्द्र साहले बताए ।

कांग्रेसका नेता एवं प्रदेशसभा सदस्य रामसरोज यादवले विधायकहरूको ‘ड्रेसकोड’ तयार सम्बन्धमा व्यापक छलफल गरी निर्णयमा पुगेको बताए । जाडोमा कोट लगाउन सकिने भए पनि गर्मीमा गाह्रो हुने भएकाले कोट तथा बण्डी तोकिएको उनको भनाइ थियो ।