काठमाडौं – महसञ्चारको प्रस्तुति तथा प्रदीप भट्टराईको निर्देशन रहेको नेपाली कथानक चलचित्र ‘शत्रुगते’को दोश्रो गीतले ‘पिरतीको बर्को’ सार्वजनिक भएको छ । चलचित्र निर्माण टीमले राईजिङ महलमा बुधबार एक कार्यक्रम गर्दै गीत सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


यो गीतलाई संगीतकार कालिप्रसाद बाँस्कोटाले फरक शैलीमा तयार पारेका छन् । गीतमा पल र आँचलको प्रेमलाई झल्काइएको छ । भिडियोको कोरियोग्राफी आकर्षक छ । अर्जुन भट्टराइले लेखेको गीतमा कालिप्रसादकै शब्द छ ।


ADVERTISEMENT

# # #


चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल, राजाराम पौडेल, शिवहरि पौडेले, किरण केसी, सुष्मा कार्की, मोहित बंश आचार्य, राजु भुजु लगायतका कलाकारको अभिनय छ ।